प्रभु बैंकले ग्राहकको सुविधाका लागि देशका विभिन्न स्थानमा दशैँ काउन्टर सञ्चालन गर्ने भएको छ। प्रभु बैंकले दशैँ बिदामा पनि बैंकिङ सेवा दिने भएको छ ।
बिज्ञापन
बैंकले एक सूचना जारी गर्दै दशैँ बिदामा पनि केही निश्चित शाखा सञ्चालन गर्ने जानकारी दिएको हो । ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै निश्चित शाखा कार्यालयहरुमा १० बजेदेखि १ः३० बजेसम्म कारोबार सञ्चालन हुने जानकारी दिएको छ । असोज २६ गते शनिबार विजयादशमीको दिन बैंकिङ सेवा समेत बन्द रहने बैंकले जनाएको छ ।
बिज्ञापन
बैंकले दशैँ बिदामा निक्षेप जम्मा गर्न सकिने, १ लाख सम्म चेक भुक्तानी, रेमिट्यान्स भुक्तानी रकम बढीमा २५ हजार गर्ने भएको छ । बैंकले रेमिट्यान्स भुक्तानी रकम २५ हजार भन्दा बढी रकमका लागि खाता खोली जम्मा गर्न सकिने उल्लेख गरेको छ ।

बिज्ञापन








