थोरै खादा पनि धेरै फाइदा पुर्याउने काजु ड्राइ फ्रुट हो । काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ ।
बिज्ञापन
ड्राइ फ्रुटको राजा मानिने काजु अन्य ड्राइ फ्रुटको तुल्नामा महँगो छ । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पुर्याउने खाद्य हो । काजुले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत हो । हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
बिज्ञापन
-काजु खानुका फाईदाहरु:
१-शरीरमा ऊर्जा
बिज्ञापन
काम नगरिकनै तपाईलाई थकान महशुस हुन्छ अथवा काम गर्ने मन नै लाग्दैन भने काजु खानुहोला । त्यसले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउने छ ।
२-अनुहार चम्किलो बनाउन
काजुमा पाईने प्रोटिनले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुने हुन्छ ।
३-दिमाग तेजिलो बनाउन
काजुमा पाईने एकप्रकारको तेलमा भिटामिन–बी प्रचुर मात्रामा हुने भएकाले दिमाग तेजिलो नाउने गर्छ ।
४-युरिक एसिडको समस्या
युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।
५-रक्तचाप नियन्त्रित
काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुने भएकाले रक्तचाप नियन्त्रित अवस्थामा रहने हुन्छ ।
६- कोलेस्टेरोल नियन्त्रण
हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रणमा आउँछ ।
७-मुटुलाई स्वस्थ र बलियो बनाउन
काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो बनाउने गर्छ । त्यसमा पाईने तत्वहरुले मुटुका मांसपेशीलाई बलियो बनाउन सहयोग समेत गर्छन् ।
८-डायबेटिज नियन्त्रण
काजु खाएमा शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रण हुन्छ ।
-यो पनि पढ्नुहोस्:








