नेपालीहरूको महान् चाड दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा सीजीनेटले आफ्ना प्रिय ग्राहकहरूको लागि २०८१ सालको असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा विशेष हातै खाली नरहने अफरहरू लिएर आएको छ ।
बिज्ञापन
यस अफरमा सीजीनेटका सम्पूर्ण ग्राहकहरूले फास्टेस्ट इन्टरनेट सेवा सँगै ३ महिना सम्मको बोनस रु. १५०० सम्मको नगद छूट, इन्स्ट्यान्ट क्यासब्याक र फ्री वाई-फाई-६ अपग्रेड पनि पाउन सक्नेछन्। यस हातै खाली नरहने अफरको साथमा, सीजीनेटको १०१ एमबीपिएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले सुरुवाती मूल्य रु.९,९९९ मात्रमा स्मार्ट बल्ब निःशुल्क पाउनेछन्। १५० एमबीपीएस र २५० एमबीपीएसको नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य रु. १२,४९९ मा अत्याधुनिक क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) निःशुल्क पाउनेछन्।
बिज्ञापन
यसैगरी, ३५० एमबीपीएस र ६६६ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य रु. १४,४९९ मा दुबै निःशुल्क पाउनेछन्। नेपालका अधिकांश सहरमा सस्तो, छिटो, र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आक्रामक व्यापार गरिरहेको यस कम्पनीले आफ्ना ग्राहकहरूलाई दैनिक रूपमा सी जी डिजिटल, मिनिसो, फॉरएवर यंग, कस्पेरस्काई एन्टि भाइरस, नेपाल टी कलेकटिभ्स र कलास्सिक डायमण्डका सामान खरिदमा ७० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ। साथै, चैतन्य स्पाः र पठावबाट सेवा लिँदा पनि यति नै मात्राको छुट उपलब्ध गराइएको छ।
त्यसैगरी, नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले साप्ताहिक रूपमा रु. ५०,००० मूल्य बराबरका मिनिसो र फॉरएवर यंग ब्रान्डका सामान उपहार स्वरूप प्राप्त गर्न सक्नेछन्। साथै, नोथिंग ब्रान्डको सीएमएफ फोन-१, एयरबड, र मिराया रिसोर्टमा एक रातको आकर्षक प्याकेज पनि घोषणा गरिएको छ। आक्रामक बजार नीतिका साथ, आफ्ना ग्राहकहरूलाई यस योजना अन्तर्गत मासिक रूपमा वाशिङ्ग मेसिन, माइक्रोवेभ ओभन, तथा बम्पर उपहार योजना अन्तर्गत हिरोको जूम स्कुटर उपहार स्वरूप घोषणा गरेको छ।








