होमपेज > चीनले १० हजार ड्रोनलाई एउटै ल्यापटपबाट उडाएर विश्व कीर्तिमान रच्यो

चीनले १० हजार ड्रोनलाई एउटै ल्यापटपबाट उडाएर विश्व कीर्तिमान रच्यो

बिज्ञापन
बिज्ञापन

आतिशबाजी मन नपर्ने सायदै कोही होलान् । आतिशबाजीको साटो आकाशमा सयौं ड्रोनहरू उडे भने कस्तो देखिएला ! छिमेकी देश चीनले अहिले आकाशमा यस्तै सयौं ड्रोनहरू उडाएर निरन्तर विश्व रेकर्ड राखिरहेको छ ।

बिज्ञापन

गत २६ सेप्टेम्बरमा शेन्जेन सहरमा अवस्थित शेन्जेन बे पार्कमा गरिएको कार्यक्रममा १० हजार १९७ ड्रोन उडाइएको थियो । ‘सिटी अफ स्काई, मेबी शेन्जेन’ थिम रहेको उक्त कार्यक्रमले एकसाथ सबैभन्दा धेरै ड्रोन उडाइएको र तिनलाई एउटै ल्यापटपबाट नियन्त्रण गरिएको गरी दुई शीर्षकमा विश्व कीर्तिमान रच्यो । उक्त ड्रोन लाइट शोको अन्तरालमा आकाशमा शेन्जेन जस्तै सहरको आकृति बनाइएको थियो । साथै विभिन्न चित्र र एनिमेसन पनि देखाइएको थियो ।

बिज्ञापन

उक्त शो १ अक्टोबर हुने चिनियाँ राष्ट्रिय दिवसको उत्सवको तयारीमा गरिएको हो । यसले गर्दा अहिले शेन्जेनको आकाशमा सयौं ड्रोनहरूले बनाएका चित्रहरू दैनिकजसो देख्न सकिन्छ । विशेषतः यसरी सयौं ड्रोनहरूलाई ल्यापटपमा रहेको सफ्टवेयरबाट नियन्त्रण गरिन्छ । पछिल्लो समय यस क्षेत्रमा चीनले ठूलो फड्को मारिरहेको छ । धुवाँ वा अन्य प्रदूषण उत्पादन नगर्ने हुँदा यी ड्रोन पर्यावरणमैत्री हुने बताइएको छ । यसका साथै आतिशबाजीको तुलनामा ड्रोन कम खर्चिलो हुनुका साथै कम आवाज निकाल्ने गर्छ । यसले दर्शकलाई रमाइलो लाग्ने तथा वन्यजन्तुलाई समेत कम असर पार्ने जनाइएको छ । यद्यपि खराबी आएर आकाशबाट ड्रोन खस्न सक्ने सम्भावना रहने भएकाले सुरक्षाका लागि ताल-तलाउ तथा समुद्रमाथि ड्रोन उडाउने गरिन्छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते