होमपेज > बाढी-पहिरोले आकासियो तरकारीको भाउ, प्रतिकिलो १०५ रुपैयाँको काउली १४५ पुग्यो

बाढी-पहिरोले आकासियो तरकारीको भाउ, प्रतिकिलो १०५ रुपैयाँको काउली १४५ पुग्यो

बिज्ञापन
बिज्ञापन

कालिमाटी फलफूल तथा तरकारी बजारमा आज तरकारीको मूल्य २०० प्रतिशतभन्दा बढीले महँगिएको छ ।

बिज्ञापन

शुक्रबारदेखिको अविरल वर्षा र यसले राजधानी जोड्ने सडक ठाउँ–ठाउँमा अवरुद्ध भएपछि तरकारी ढुवानी हुन नसक्दा मूल्य बढेको हो । आज ठूलो गोलभेंडा ११० र लोकल गोलभेंडा प्रतिकिलो ७५ रुपियाँ पुगेको छ । त्यस्तै, अघिल्लो दिन १०५ रुपियाँमा किनबेच भएको काउली ४० रुपियाँले बढेर १४५ पुगेको छ ।

बिज्ञापन

शनिबारको तुलनामा बन्दा शतप्रतिशतले बढेर ७० रुपियाँ, लौका १७१ प्रतिशतले बढेर ९५ रुपियाँ र मकैबोडी ६४ रुपियाँले बढेर ९५ रुपियाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

शनिबार ७५ रुपियाँमा बिक्री भएको पालुंगो आज १५३ प्रतिशत अर्थात् ११५ रुपियाँले बढेर प्रतिकिलो १९० रुपियाँ र १७ रुपियाँको स्कुस २११ प्रतिशतले बढेर ५५ पुगेको छ । पुदिना भने किलोमै १७४ रुपियाँ महँगो भएर ७५० पुगेको हो । हिजो ५७६ मा बिक्री भइरहेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते