होमपेज > धितोपत्र बोर्डको अध्यक्षका लागि अनुपस्थित तीन जनालाई बोलाइयो अन्तर्वार्तामा

धितोपत्र बोर्डको अध्यक्षका लागि अनुपस्थित तीन जनालाई बोलाइयो अन्तर्वार्तामा

बिज्ञापन
बिज्ञापन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएर सर्टलिस्टमा परेका तनि जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न र अन्तरवार्ता दिन अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले पुनः बोलाएको छ ।

बिज्ञापन

यसअघि सर्टलिस्टमा परेका तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिमा सहभागी नभएका तीन जना उम्मेदवारलाई समितिले असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाएको हो । जसमा नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सीईओ कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईँ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी रहेका छन् ।

बिज्ञापन

यसअघि बोर्ड अध्यक्ष नियुक्त गर्न छनोट समितिले पाँच जनाको नाम तयार पारेको थियो । सन्तोष नारायण श्रेष्ठ र धितोपत्र बोर्डका अर्का कार्यकारी निर्देशक मुक्ती श्रेष्ठले अन्तवार्ता दिइसकेका छन् । तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिमा तीन जना उम्मेदवार सहभागी नभएपछि समितिले नाम सिफारिस गर्न सकेको थिएन ।

त्यसपछि सरकारले नियुक्तिका लागि नयाँ प्रक्रिया शुरु गर्ने तयारी गरेको थियो । तर सर्वोच्चले पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न बाटो खुला गरेपछि सरकारले पुनः प्रक्रिया अघि बढाएको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते