ग्लोबल आईएमई बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बिज्ञापन
बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । यद्यपि, बैंकले बिक्रीमा राखेको कित्ता संख्या भने खुलाएको छैन । शेयर किन्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा सम्पर्क गरी निवेदन दिनुपर्नेछ ।
बिज्ञापन
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सो शेयर अन्य व्यक्ति या संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।








