होमपेज > बैंकिङ प्रणालीबाट ५० अर्ब झिक्दै नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ५० अर्ब झिक्दै नेपाल राष्ट्र बैंक

बिज्ञापन
बिज्ञापन

बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएपछि आज फेरि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

बिज्ञापन

निक्षेप बढ्दै जाँदा कर्जा माग नबढेपछि बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिने क्रम रोकिएको छैन । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

बिज्ञापन

निक्षेप संकलन खरिदका लागि आज मध्यान्ह ३ बजे अनलाइन बिल्डिङ सिस्टम सफ्टवेयरमार्फत मात्र बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । ब्याजदर निर्धारण बोलकबोलकोमाध्यमबाट हुने जनाइएको छ । घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने, बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ९दशमलव पछिको हकमा चार अंकसम्म० उल्लेख गर्नु पर्ने र निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

बिज्ञापन

निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २१ गते गरिनेछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते