साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। सुनको मूल्य
बिज्ञापन
बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा तीन सय रुपैयाँ घट्दा चाँदी तोलाम १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिज्ञापन
महासंघका अनुसार बिहीबार एक लाख ५३ हजार एक सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन शुक्रबार प्रतितोला एक लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार ८२० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी एक हजार ८३० रुपैयाँ थियो।








