होमपेज > बाँदर नियन्त्रण गर्न वनमा रोपियो फलफूलका विरुवा

बाँदर नियन्त्रण गर्न वनमा रोपियो फलफूलका विरुवा

बिज्ञापन
बिज्ञापन

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बाँदरलगायत वन्यजन्तु नियन्त्रण गर्ने भन्दै ‘दीर्घकालीन योजना’ अघि सारेका छन् ।

बिज्ञापन

मन्त्री अधिकारीले कृषिक्षेत्र सुधारका लागि मन्त्रालयले दीर्घकालीन सोच बनाएर सामुदायिक वनमा फलफूलका बिरुवा रोपण गर्ने कार्यक्रम अभियानकै रूपमा सुरु गर्ने बताए । वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सामुदायिक वनहरूमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्ने उनको भनाइ छ । मन्त्री अधिकारीले फलफूल नर्सरी र बेर्ना रोप्ने अभियानलाई व्यापक बनाइने घोषणा गरे ।

बिज्ञापन

‘पछिल्लो पटक मध्यपहाडी जिल्लाका किसानको मूख्य समस्या, बाँदरलगायतका जङ्गली जनावरको आतङ्क बढेको गुनासो छ,’ मन्त्री अधिकारीले भने, ‘किसानको उक्त गुनासो सम्बोधन गर्न हामीले वनमा फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई देशव्यापी विस्तार गर्नुपर्नेछ ।’ त्यस्तै, कृषिमन्त्री अधिकारीले कृषियोग्य बाँझो जमिन एकीकरण गरी सामूहिक खेती, करार खेती एवम् सहकारी खेती प्रवर्द्धन गर्ने दीर्घकालीन योजनासहितको कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

मन्त्रालयले दीर्घकालीन सोचअनुरुप, कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न बाँझो जमिनको उपयोग गरी सामूहिक खेती प्रवर्द्धन गर्ने र बाँदर लगायतका जङ्गली जनावरको व्यवस्थापन गर्न सामुदायिक वनमा फलफूलका बिरुवा रोप्ने अभियान सञ्चालन गर्ने जनाएको छ । मन्त्री अधिकारीले कृषि, पशुपन्छी पालन र वनको अन्तरसम्बन्ध स्पष्ट हुने गरी भू–उपयोगमा आधारित कृषि प्रणालीको विकास गर्ने बताए । अधिकारी कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा जिम्मेवारी सम्हालेको ४० दिनमा गरेका कृषि कार्यक्रमहरू समेत सार्वजनिक गरिएको छ ।

बिज्ञापन

उक्त अवधिमा मन्त्री अधिकारीले रासायनिक मलसम्बन्धी जानकारी दिन किसान कल सेन्टर, कृषि लगानी दशक घोषणा गर्ने, उखु, दूध किसानले पाउनुपर्ने अनुदान र भुक्तानी बक्यौतालगायतका क्षेत्रमा महत्वपूर्ण कामहरू गरेको बताए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते