होमपेज > सडक विस्तार गर्न मेयरले चलाए आफ्नै घरमा डोजर

सडक विस्तार गर्न मेयरले चलाए आफ्नै घरमा डोजर

बिज्ञापन
बिज्ञापन

लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घर भत्काएर लमही-कोइलाबास सडक विस्तार सुरु गरेका छन् । बुधबार दिउँसो लमही बजारमा रहेको आफ्नो पुरानो घर डोजरमार्फत् भत्काएर मेयर चौधरीले हुलाकी सडक विस्तार सुरु गरेका हुन् ।

बिज्ञापन

‘यो मेरो पुरानो घरमा विगतमा धेरै कार्यालयहरू बसे । व्यक्तिगत रुपमा पनि प्रयोग भयो,’ मेयर चौधरीले भने, ‘सडक फराकिलो बनाउने क्रममा सडक क्षेत्रमा परेपछि मैले मेरै घर भत्काएर सडक विस्तार सुरु गरें ।’ भारत सरकारको ७६ करोड अनुदान सहयोगमा ३३.४६ किलोमिटर लामो लमही-कोइलाबास हुलाकी सडक विस्तार गरी कालोपत्र गरिएको थियो । त्यसक्रममा ३६ करोड बढी बजेट मुआब्जामा खर्च भएको छ ।

बिज्ञापन

हुलाकी सडक औपचारिक रुपमा नेपाल सरकारलाई २०७७ साल चैत १८ गते हस्तान्तरण भएको थियो । तर लमही बजार क्षेत्रमा भने सडक साँघुरो छ । त्यहीभएर लमही बजार क्षेत्रमा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो । यसअघि सडक डिभिजन कार्यालय दाङले साउन २९ गते सूचना निकालेर सडकको दायाँ-बायाँ १५/१५ मिटर क्षेत्रमा परेका सबै संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । सो अवधिभित्र कसैले आफैं घर तथा संरचना नहटाए सडक डिभिजन कार्यालयले आफैं हटाउने र हटाउँदा लाग्ने खर्च सम्बन्धित घर धनीबाट असुल्ने चेतावनी दिएको छ ।

स्थानीयले भने जग्गाको मुआब्जा पाए पनि घरको पनि क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेका छन् । स्थानीय ३२ जनाले घरको क्षतिपूर्ति माग गर्दै लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाएका छन् । मेयर चौधरीको घर भत्काएर सडक विस्तार अभियान सुरु गर्ने क्रममा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारी, मेयर चौधरी, प्रहरी र अन्य जनप्रतिनिधिहरु घर भत्काउने स्थानमा पुगेका थिए ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते