होमपेज > बंगलादेशसँग श्रीलंका पराजित हुँदा नेपाल सेमिफाइनलमा

बंगलादेशसँग श्रीलंका पराजित हुँदा नेपाल सेमिफाइनलमा

बिज्ञापन
बिज्ञापन

साफ यू-२० च्याम्पियनसिपमा मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ । श्रीलंका बंगलादेशसँग २-० गोलले पराजित भएसँगै नेपाल सेमिफाइनल पुगेको छ ।

बिज्ञापन

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशले दुवै हाफमा एक-एक गोल गरेको थियो । बंगलादेशका लागि खेलको १७ औँ मिनेटमा मिराजुल इस्लामले राबी होसेन राहुलको पासमा गोल गरेका थिए । दोस्रो हाफमा पिएस अहमाद नोभाले बंगलादेशका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

बिज्ञापन

यसअघि समूह ‘ए’को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । दोस्रो खेलमा पनि श्रीलंका पराजित भएपछि एक खेलअगाडि नेपालले सेमिफाइनल यात्रा तय गरेको हो । दुई खेलमा पराजित भएपछि श्रीलंका समूह चरणबाटै बाहिरिएको छ । बिहीबार नेपालले बंगलादेशको सामना गर्ने भएको छ । यो खेलसँगै समूह ‘ए’को विजेता टोली टुङ्गो लाग्ने छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते