होमपेज > फोक्सोको क्यान्सर किन हुन्छ? क्यान्सर हुँदा कस्ता-कस्ता लक्षण देखिन्छन् ?

फोक्सोको क्यान्सर किन हुन्छ? क्यान्सर हुँदा कस्ता-कस्ता लक्षण देखिन्छन् ?

बिज्ञापन
बिज्ञापन

फोक्सोको क्यान्सर समस्याको रूपमा देखा परेको छ । क्यान्सरका रोगीमध्ये १५ देखि २० प्रतिशत फोक्सोको क्यान्सरका बिरामी छन् । धुमपान गर्नेमा फोक्सोको क्यान्सर हुने अधिक सम्भावना हुन्छ । मुख्यगरी धुवाँले फोक्सोमा असर गर्ने भएकाले पनि फोक्सोमा क्यान्सर देखा पर्ने जोखिम हुन्छ ।

बिज्ञापन

शरीरमा छातीभित्र दुईवटा फोक्सो हुन्छन् । जसको काम हावा शरीरभित्र तान्ने, अक्सिजन भित्र लिने र अरू हावा बाहिर फाल्ने हो। अक्सिजन शरीरभित्र पुर्‍याउने फोक्सो पनि नभई नहुने अंग हो । फोक्सोको क्यान्सर बनाउने कोषहरू अप्राकृतिक रुपमा बढ्न थाल्छन् र केही समयमै ऐजरूजस्तै पलाउन थाल्छ । त्यसपछि फोक्सोले आफ्नो काम गर्न सक्दैन । त्यो क्यान्सर नजिकैका गिर्खामा र अंगहरूमा फैलिन थाल्छ।

बिज्ञापन

फोक्सोको क्यान्सर किन हुन्छ?

चुरोट तथा सुर्तीजन्य पदार्थले फोक्सो लगायत विभिन्न आठ प्रकारका क्यान्सरको सम्भावना बढाएको हुन्छ । त्यसैले चुरोट तथा धुमपानको अवस्था घटाए यसको जोखिम कम गर्न सकिन्छ ।

बिज्ञापन

फोक्सोको क्यान्सर किन पनि जोखिमपूर्ण हो भने पहिलो र दोस्रो चरणमा यो निकै कम अवस्थामा पत्ता लाग्छ । फोक्सोको क्यान्सर लागेका मध्ये १५ प्रतिशतलाई पाँच वर्षसम्म मात्र बचाउन सकिन्छ । किनभने क्यान्सर लागेको ढिलोगरी अर्थात् तेस्रो र चौथो चरणमा मात्रै रोग पत्ता लाग्छ । नेपालमा ८० प्रतिशत बिरामी तेस्रो र चौथो चरणमा पुगेपछि उपचारका लागि आउने गरेका छन् । सुरुवाती चरणमा फोक्सोको क्यान्सरको लक्षण देखिँदैन, भएका लक्षण पनि टिबी लगायतका अन्य रोगको लक्षणसँग मिल्न पुग्छ । फोक्सोको क्यान्सरमा शल्यक्रिया गरेर बिरामी बाँच्ने सम्भावना एक प्रतिशतभन्दा कम हुन्छ ।

हामीले गर्ने धुमपानमा चार हजार प्रकारका रसायन हुन्छन् । त्यसमध्ये झन्डै ५५ प्रकारका रसायन कार्सिनोजेनिक खालका हुन्छन् । जसको सेवनले क्यान्सरको जोखिम हुन्छ । निकोटिनले त लत बनाउने मात्रै हो ।

सुर्ती र चुरोट उस्तै हो । फरक यति हो कि चुरोट खाँदा धुवाँको रूपमा जान्छ भने सुर्तीमा तरल रूपमा । कतिपय नेपालीले चुरोट खान छाडेर खैनी खाने झनै नराम्रो आदत सुरु गरेका छन् । खैनीले मुखको क्यान्सरको जोखिम अझ बढाउँछ ।

धुमपान गर्नेहरूको छेवैमा बस्नेलाई ‘प्यासिभ स्मोकर’ भनिन्छ । चुरोट सल्काएपछि फैलने रसायन शरीर भित्र–बाहिर जान्छन् । चुरोट तान्ने क्रममा भित्र खपत नभएका रसायनहरू फू गर्दा बाहिर निस्कन्छन् र छेवैमा बस्नेको शरीरभित्र पुग्छ । त्यसैले चुरोट नखाने र चुरोट खानेको छेउछाउमा बस्नेहरूले सुरक्षित छु भनेर दाबी गर्न मिल्दैन । तथ्यांक अनुसार, प्यासिभ स्मोकरलाई सर्ने सम्भावना १० प्रतिशतको हाराहारीमा रहन्छ भनिन्छ ।

गाउँघरमा बालिने चुल्होको धुवाँमा धुमपानमा जत्तिको विषाक्तता हँदैन । तर यसले जनस्वास्थ्यमा प्रतिकूल असर पार्छ । नेपालका कतिपय ठाउँमा चुरोट तथा सुर्तीजन्य पदार्थ नखाएर तमाखु, हुक्का वा सिसा भनेर खाने चलन छ । सोझै सुर्तीजन्य पदार्थ नभए पनि त्यो धुवाँमा धेरै प्रकारका खराब रसायन हुन्छन् ।

फोक्सोका क्यान्सरका धेरै लक्षणहरू टिबीको लक्षणसँग हुबहु मिल्छ । त्यसैले खोकी, रगतमा खकार तथा फोक्सोमा पानी जमेको लक्षण देखिनासाथ टिबी होला भनेर उपचार गर्नेहरू पनि छन् । क्यान्सरको सुरुमा जब एउटा सेलमा खराबी भएर आउँछ, त्यसले शरीरको प्रणालीसँग समन्वय गर्दैन । त्यस्ता कोषको संख्या बढ्दै गएर वरपरका कोषहरूलाई नष्ट गर्छ । कालान्तरमा यसले शरीरका प्रणालीहरूलाई अवरुद्ध गर्छ र अन्य अंगमा समेत असर गर्छ ।

यस्ता छ क्यान्सरका लक्षणहरु:
१) स्तनमा परिवर्तन
स्तन क्यान्सर महिलामा मात्र नभई पुरुषमा पनि हुन सक्छ । यसका लक्षणमा स्तनमा गाँठो आउनु, निप्पलको रंगमा परिवर्तन हुनु, निप्पल चिलाउनु, निप्पलभित्र गाढिनु लगायत छन् । तर यति हुदैमा स्तन क्यान्सर भएको नहुन पनि सक्छ । त्यसैले डाक्टरको परामर्श लिनु राम्रो हुन्छ ।

२) दिसा पिसाबमा रगत आउनु
दिसा वा पिसाब गर्दा रगत निस्कियो भने किड्नी वा पिसाबको थैलीमा क्यान्सरको संकेत हुन सक्छ । यस अलावा लामो समयसम्म कब्जियत, डायरिया वा अधिक दिसा भएमा कोलोन क्यान्सरको लक्षण हुन सक्छ ।

३) तौल अचानक घट्नु
बिना कुनै कारण अचानक धेरै तौल घटेमा अन्नाशय, फोक्सोका वा पेटको क्यान्सर हुनसक्छ ।

४) मुखमा कत्ला आउनु
यदि अनुहारमा आएको कत्ला दुई साताभन्दा बढि समयसम्म रहि रहेमा, आवाजमा परिवर्तन आएमा, निल्नमा समस्या भएमा, मुखभित्र सेतो वा रातो रंगको निसान देखिएमा मुखको क्यान्सर हुनसक्छ ।

५) ज्वरो
लामो अवधीसम्म ज्वरो ठिक नभएमा ब्लड क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ ।

६) रुघा
एक महिनाभन्दा लामो समयसम्म लगातार खोकि लाग्यो, खोक्दा रगत आयो, सास फेर्न ग्राहो भयो भने क्यान्सरको लक्षण हुन सक्छ ।

७) दुखाई
बिना कुनै कारण एक महिना वा सोभन्दा बढि समयसम्म दुखाई रहेमा हड्डी, ब्रेन वा अन्य क्यान्सरको संकेत हुन सक्छ ।

८) टाउको दुखाई
लगातारको टाउको दुखाइ ब्रेन टय्ूमरको लक्षण हुन सक्छ । जबकि कोलोन, रेक्टम वा ओवरीमा क्यान्सरका कारण पिठ्यूमा दुखाई हुन्छ । लंग क्यान्सरबाट पिडित केही रोगीमा छातिमा दुखाई हुन्छ ।

९) थकान
बिना परीश्रम थकाईको महसुस हुन्छ भने ब्लड क्यान्सरको लक्षण हुन सक्छ ।

१०) रक्तश्राव
महिलामा महिनावारीका अलाव रगत आएमा कार्विनल क्यान्सरको संकेत हुन सक्छ । मासिक धर्मका दौरान सामान्यभन्दा अत्यधिक रक्तश्राव भयो भने यो चिन्ताको विषय हुन्छ ।

११) पेट फुल्नु
लगातार दुई हप्ताभन्दा बढि समयसम्म पेट फुलिरह्यो, रगत आयो, वा तौल कम भयो भने ओवेरियन क्यान्सरको संकेत हुन सक्छ ।

१२) अन्डकोष सुन्निनु
पुरुषको अन्डकोषमा गाँठो, सुन्निएको, दुखाई वा कुनै प्रकारको अन्य बदलाव वा समस्या आएमा टेस्टिकुलर क्यान्सर हुन सक्छ ।

१३) पिसाबमा समस्या
पिसाब फेर्न समस्या, लगातार पिसाब आउनु जस्ता समस्या उत्पन्न भए प्रोस्टेट क्यान्सरको सुरुवाती संकेत पनि हुन सक्छ ।

१४) निल्नमा समस्या
मुख वा गलाको क्यान्सरका कारणले गला सुक्दा वा सुन्निदा खाना खान र पानी पिउन समस्या हुन्छ ।

१५) मुसा वा कोठी
कोठी वा मुसाको रंग वा आकारमा अचानक परिवर्तन आएमा छालाको क्यान्सर हुन सक्छ । यसका साथै छाला कालो वा पहेँलो हुनु, चिलाउनु वा एकदमै छिटो कपाल बढ्नु पनि क्यान्सरको लक्षण हुन सक्छ ।

१६) भोक नलाग्नु
लामो समयसम्म भोकै रहदा पनि भोक लागेन र पेट हमेशा भरिएको महसुस भइरह्यो भने ओवेरियन क्यान्सरको लक्षण हुन सक्छ ।

१७) नङमा परिवर्तन
नङमा कालो वा खैरो धब्बाले स्किन क्यान्सरलाई संकेत गर्छ । यसै प्रकारले नङको अन्तिम सिरा ठूलो हुनुले लंग क्यान्सरलाई संकेत गर्छ ।

१८) अनुहार सुन्निनु
अनुहार सुन्निए, रातो भए फोक्सोको क्यान्सर हुन सक्छ ।

१९) मुखभित्र दाग
मुखभित्र वा जिभ्रोमा सेतो दाग भएमा मुखको क्यान्सर हुन सक्छ । यो धुम्रपान वा सुर्तिको सेवनले गर्दा हुने गर्दछ ।

२०) असामान्य बदलाव
यी बाहेक शरीरमा अन्य कुनै प्रकारको बदलाव अचानक आएमा वा असामान्य लागेमा त्यो पनि क्यान्सरका लक्षण हुनसक्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते