होमपेज > आजको तरकारी र फलफूलको मूल्य कति?

आजको तरकारी र फलफूलको मूल्य कति?

बिज्ञापन
बिज्ञापन

आज कालीमाटी फलफूल तथा तरकारी बजारमा केही तरकारी र फलफूलको मूल्य बृद्धि भएको छ । कालीमाटी तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्य सूची अनुसार आज आलु, गोलभेडा, काउली, सिमीलगायतका तरकारीको भाउ बढेको हो ।

बिज्ञापन

आज ठुलो नेपाली गोलभेडाको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा पुगेको छ भने सानो लोकल गोलभेडाको भाउ पनि २२ रुपैयाँ ५० पैसा पुगेको छ ।

बिज्ञापन

यसैगरी, टनेल गोलभेडाको औसत मूल्य प्रतिकेजी ३२ रुपैयाँ ८० पैसा, रातो आलु ६८ रुपैयाँ, रातो आलु (भारतीय) ५७ रुपैयाँ ५० पैसा, सेतो आलु ५३ रुपैयाँ ५० पैसा, लोकल गाजर प्रतिकेजी ८५ रुपैयाँबाट बढेर ११६ रुपैयाँ पुगेको छ । यसैगरी तराई गाजर प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ६५ रुपैयाँ, तराई बन्दा ४६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ४६ रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १०५ रुपैयाँ र भटमासकोशा १५५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, चिचिण्डो प्रतिकेजी २३ रुपैयाँ ८० पैसा, घिरौला ३६ रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ, डल्लो फर्सी ७६ रुपैयाँ ६७ पैसा, न्यूरो ९६ रुपैयाँ ६७ पैसा, तोफु १५६ रुपैयाँ ६७ पैसा र कागती २६० रुपैयाँ तोकिएको छ ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते