होमपेज > हिमालयन मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डबाट पायो लाइसेन्स

हिमालयन मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डबाट पायो लाइसेन्स

बिज्ञापन
बिज्ञापन

हिमालयन मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स पाएको छ । बोर्डको बुधबार बसेको सञ्चालक समिति बैठकले हिमालयन रिइन्स्योरेन्सको लगानी रहेको सो मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

बिज्ञापन

‘प्रक्रिया पूरा गरेकाले सो कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको छ,’ बोर्डका कार्यबाहक अध्यक्ष महेश बरालले भने, ‘अन्यको प्रक्रिया पूरा नभएकाले रोकिएको छ ।’ हाल २९ वटा मर्चेन्ट बैंकर सञ्चालनमा छन् । हिमालयन मर्चेन्ट बैंकर थपिएसँगै ३० वटा हुनेछन् । सञ्चालनमा आएका मर्चेन्ट बैंकहरूले बर्सेनि बोर्डबाट अनुमतिपत्र नवीकरण गराउनुपर्ने व्यवस्था छ । मर्चेन्ट बैंकरले धितोपत्र निष्कासनका लागि विवरण पत्र, बिक्री सम्बन्धी प्रस्ताव तथा अन्य विवरण तयार गर्ने लगायत धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी आवश्यक कार्यहरू गर्छन् ।

बिज्ञापन

संगठित संस्थासँग सम्झौता गरी संगठित संस्थाले निष्कासन गरेको धितोपत्रहरू बिक्री नभएको अवस्थामा आफूले खरिद गर्न प्रत्याभूति(अन्डरराइटिङ) दिने, संगठित संस्थाको तर्फबाट धितोपत्र धनीहरूको अभिलेख राख्ने तथा धितोपत्रहरूको नामसारी लगायत सेयर रजिस्ट्रेसन सम्बन्धी अन्य सेवा प्रदान गर्ने, लगानी तथा परामर्श सेवा दिन्छन् ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते