होमपेज > त्रिवेणी मोटोकर्पले कामा ब्राण्डको भ्यान तथा माइक्रोवस विक्री वितरण सुरु गर्‍यो

त्रिवेणी मोटोकर्पले कामा ब्राण्डको भ्यान तथा माइक्रोवस विक्री वितरण सुरु गर्‍यो

बिज्ञापन
बिज्ञापन

त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको पनि विक्री वितरण सुरु गरेको छ ।

बिज्ञापन

कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो कामा अटोमोवाईल कंम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कंपनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरेको हो ।

बिज्ञापन

स्याङडो कामा अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्माता मध्येका एक रहेको र यसका कंम्पनीका उत्पादनहरु विश्वका ६० देशहरुमा विक्रि वितरण हुदै आएको छ ।

हाल त्रिवेणी मोटोकर्पले सो कंम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमताभएको पीक अप भ्यानको विक्रि वितरण सुरु गरेको छ । बिजुली गाडीको प्रर्वधन मार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रा.लि.ले लिएको जनाएको छ ।

बिज्ञापन

११ र १४ सिट क्षमताको कामा ई.भी. माइक्रोमा क्रमस ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० किमी रेञ्ज प्रदान गर्ने गर्दछ । कामाका सबै इलेक्ट्रिक भ्यानहरुमा सि.ए.टी.एल. व्याट्रि जडित रहेका छन् ।

त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ, साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते