होमपेज > ब्राउन सुगर कारोबार गरेको आरोपमा १३ जना पक्राउ

ब्राउन सुगर कारोबार गरेको आरोपमा १३ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

ब्राउन सुगरको कारोबार गरेको आरोपमा मोरङ र झापाको विभिन्न स्थानबाट एकै दिन १३ जना पक्राउ परेका छन् । शनिबार मोरङबाट ४ र झापाबाट ९ व्यक्ति ब्राउन सुगर सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

झापाको विर्तामोड नगरपालिका– ५ का ३२ वर्षीय विजय मगर, ३७ वर्षीय विदुर मगर, मेचीनगर नगरपालिका– ९ का ४५ वर्षीय शेरबहादुर लिम्बु र माई नगरपालिका– २ इलामका ३० वर्षीय रूपेश ढुङ्गानालाई १ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । चुलाचुली गाउँपालिका– ३ इलाम घर भई दमक नगरपालिका– ५ मा बस्दै आएका २६ वर्षीय अगम राई र कमल गाउँपालिका– ५ का ३६ वर्षीय जीवन लिम्बुलाई ५ ग्राम ब्राउन सुगर र नगद २९ हजार ४५० रुपैयाँसहित इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बिज्ञापन

लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले मेचीनगर नगरपालिका– ९ का २६ वर्षीय अजय धिमाललाई १ ग्राम ब्राउनसुगर र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ बाट ५५० मिलिग्राम ब्राउन सुगर सहित इलाम चुलाचुली– ३ का २८ वर्षीय विवेक राईलाई पक्राउ गरेको हो । मोरङबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका– १० मा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बीआर ३८ डी ७८८९ नम्बरको मोटरसाइकल चालक रङ्गेली नगरपालिका– ७ का २४ वर्षीय अबय शाह र सुनवर्सी नगरपालिका– ७ का १९ वर्षीय हयात अलीलाई ७ ग्राम १७ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी कानेपोखरी गाउँपालिका– २ बाट बीआर ३८ एबी ४१३५ नम्बरको मोटरसाइकल चालक भारत अररियाका २१ वर्षीय मोहम्मद इसराख गमिरलाई ४ ग्राम ९५ मिलिग्राम ब्राउन सगुर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका– ९ बाट स्थानीय २७ वर्षीय विशाल राई ८३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते