होमपेज > एक वर्षमा निर्जीवन बीमकको ब्यवसाय ४१ अर्ब १७ करोड माथि, कुनले कति गरे संकलन?

एक वर्षमा निर्जीवन बीमकको ब्यवसाय ४१ अर्ब १७ करोड माथि, कुनले कति गरे संकलन?

बिज्ञापन
बिज्ञापन

असार मसान्तसम्म निर्जीबन बिमा कम्पनीले ४१ अर्ब १७ करोड १३ लाख ६९ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । १४ वटा बिमा कम्पनीले २८ लाख ४९ हजार ९३४ वटा बिमालेख जारी गर्दै उक्त रकम बिमाशुल्क आर्जन गरेका हुन् ।

बिज्ञापन

नियामक बिमा प्राधिकरणका अनुसार १४ बिमा कम्पनीले ४ अर्ब ८४ करोड १३ लाख ८० हजार बिमा शुल्क आर्जन गरेका छन्। एक महिनामा बिर्जीबन बिमा कम्पनीले २ लाख ४१ हजार १४२ वटा बिमालेख जारी गरेका छन् । बिमा प्राधिकरणका अनुसार असार महिनामा शिखर इन्स्योरेन्सले ३१ हजार ४२५ वटा बिमालेखा जारी गरेर ५७ करोड ३५ लाख ६२ हजार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २३ हजार ४४० बिमालेख जारी गरेर ५० करोड ८५ लाख ७९ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

बिज्ञापन

यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २३ हजार ७१३ वटा बिमालेख जारी गरेर ४९ करोड ४४ लाख ५ हजार बिमाशुल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्सले १६ हजार ३८७ वटा बिमालेख जारी गरेर १८ करोड ८१ लाख २३ हजार, दि ओरिएन्टल इन्स्योरेन्सले ४ हजार ९० बिमालेख जारी गरेर ४० करोड ६२ लाख ८४ हजार, राष्ट्रिय बिमा कम्पनीले २५ हजार ५९६ वटा बिमालेख जारी गरेर ६ करोड २५ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ ।

नेशनल इन्स्योरेन्सले २ हजार ३५४ वटा बिमालेख जारी गरेर १७ करोड ९१ लाख ८९ हजार, नेको इन्स्योरेन्सले २१ हजार ६२१ वटा बिमालेख जारी गरेर २५ करोड ७२ लाख ९९ हजार, प्रभु इन्स्योरेन्सले १० हजार ९७५ वटा बिमालेख जारी गरेर २१ करोड ३२ लाख ६ हजार, एनएलजी इन्स्योरेन्सले १६ हजार ६५७ वटा बिमालेख जारी गरेर २९ करोड १८ लाख ४४ हजार बिमाशुल्क आर्जन गरेका छन् ।

बिज्ञापन

हिमालयन एभरेष्ट इन्स्योरेन्सले २० हार ४८५ वटा बिमालेख जारी गरेर ४८ करोड ७१ लाख १६ हजार, सानिमा सिआईसीले १० हजार ४५९ वटा बिमालेख जारी गरेर ४० करोड १६ लाख १६ हजार, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १८ हजार २३२ वटा बिमालेख जारी गरेर ४३ करोड ७३ लाख २७ हजार र युनाइटेड अजोड इन्स्योरेन्सले १५ हजार ७०८ वटा बिमालेख जारी गरेर ३४ करोड २ लाख ५४ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते