भुटानको थिम्पुमा बिहीबार सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक जितेको छ ।
बिज्ञापन
पहिलो दिन नेपाललाई सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला २१ वर्षमुनि सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण दिलाएका थिए । एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतीय खेलाडीलाई पराजित गरिन् भने स्वनिमले सेमिफाइनलमा श्रीलंका र फाइनलमा भारतविरुद्ध जित पाइन् ।
बिज्ञापन
सन्जुले फाइनलमा भुटानलाई पराजित गरिन् । रेहानले भारतलाई पराजित गरि नेपाललाई स्वर्ण पदक दिलाए । त्यसैगरि जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे र जुनियरतर्फ महिला एकल कातामा फाइनलमा श्रीलंकासँग पराजित भइन् । नेपालकी रेनिसा रिमालले रजत पदक जितिन् ।
सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला र पुरुष टिम कातामा स्वर्ण पदक जितेको नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्रबहादुर खपाङगीले जानकारी गराएका छन् । प्रतियोगिताको औपचारिक उदघाटन भुटानका राजकुमार टासु जिगेलले गरेका थिए ।
बिज्ञापन
भुटानसहित नेपाल, भारत र श्रीलंका सहभागी प्रतियोगिताको उद्घाटन समारोहमा नेपालबाट नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्र राज श्रेष्ठ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङलगायत सहभागी थिए ।








