होमपेज > सिटिजन्स बैंक ले ८.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक

सिटिजन्स बैंक ले ८.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक

बिज्ञापन
बिज्ञापन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ८.९९ प्रतिशत कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१–०८२ को सुरुवातसँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ सात वर्षका लागि स्थिर रहने गरी ८.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना मङ्गलबार सार्वजनिक गरेको हो ।

बिज्ञापन

यो योजनाअन्तर्गत कायम रहेको ब्याजदर सात वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ । सात वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी दिनुभयो । यस आकर्षक योजनामा सहभागी हुनका लागि नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनैपनी शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सक्नुहुने उहाँको भनाइ छ ।

बिज्ञापन

यस घर कर्जा सुविधा उपभोग गर्नुहुने ग्राहक महानुभावहरुलाई निःशुल्क क्रेडिट कार्ड, डेबिट कार्ड र पहिलो वर्षका लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट छ । बैंकले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिँदै आएको छ । बैंकले कर्मचारीको वृद्धि विकासका लागि सात वटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ् सेन्टर आरम्भ गरेर काम गरिरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ् एकाइहरुबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते