मुलाको भाउ एकैदिन दोब्बरले बढेको छ।
बिज्ञापन
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शनिबार प्रतिकिलो थोक मूल्य ३० देखि ४० रूपैयाँमा बिक्री भएको मुला आइतबार ७० देखि ८० रूपैयाँमा बिक्री भइरहेको छ।
बिज्ञापन
निरन्तर पानी परेका कारण किसानले मुला बजारसम्म पुर्याउन नसक्दा अभाव भई मुलाको मूल्य बढेको कालीमाटी तरकारी बजारका व्यवसायी भीम बहादुर श्रेष्ठले जानकारी दिए। ‘निरन्तर दुई दिन पानी पर्दा बजारमा मुला अभाव भयो। त्यसले मूल्य बढेको हो,’ उनले भने, ‘बजारमा मुला आउन थालेपछि घट्न थाल्छ।’ उनका अनुसार पानीका कारण १० दिनअघि पनि मुलाको मूल्य यही मूल्यको हाराहारी पुगेको थियो। तर, पानी पर्न छोडेपछि मुलाको मूल्य घटेको हो।
‘त्यतिखेर पनि पानी परेर किसानले बजारमा मुला ल्याएका थिएनन्। त्यसैले मूल्य बढेको थियो,’ उनले भने, ‘बजारमा मुला आएपछि भोलिपल्टैबाट घट्न थाल्यो।’ उनका अनुसार बर्खा महिना मुलाको सिजन होइन तर आधुनिक प्रविधिका कारण अहिले बाह्रै महिना बजारमा मुला पाइन्छ। बजारमा सेतो मुला लोकल र हाइब्रिड गरी दुई प्रकारको आउँछ। यी मुलाको मूल्यमा खासै अन्तर देखिँदैन।उपभोक्ताले अहिले बजारमा मुला प्रतिकेजी एक सय रूपैयाँभन्दा बढी तिरेर किनिरहेका छन्।








