होमपेज > गोदावरीका मेयर गजेन्द्र महर्जनसहित ९ जनाविरुद्ध मुद्दा दायर

गोदावरीका मेयर गजेन्द्र महर्जनसहित ९ जनाविरुद्ध मुद्दा दायर

बिज्ञापन
बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्द मुद्दा दायर गरेको हो ।

बिज्ञापन

आयोगका अनुसार लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको पाइएकोले मुद्दा दायर गरेको छ । उनीहरूले राजस्व चुहावट गरि भ्रष्टाचार गरेको पाइएको छ ।

बिज्ञापन

प्रमुख महर्जन र गोदावरी नगरपालिकाका नगर उपप्रमुख मुना अधिकारीसंग जनही २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपैयाँ बिगो माग गरिएको छ ।

गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइराला, गोदावरी नगरपालिकाका राजस्व शाखा प्रमुख तथा राजस्व परामर्श समिति सदस्य श्रीकण्ठ घिमिरे, कर्मा कन्सट्रक्सनका सञ्चालक रवि महर्जन, निराकार ढुङ्गा रोडा उद्योग प्रालिका सञ्चालक मधुसुदन डोटेल, मछिन्द्रनाथ मल्टीप्रपोज प्रालिका सञ्चालक केदार नाथ तिमल्सेना, सजिलो रोडा ढुङ्गा उद्योग प्रालिका सञ्चालक शशिराज शाही, वीरेन्द्र महर्जन ढुङ्गा उद्योग प्रालिका सञ्चालक वीरेन्द्र महर्जनको पनि यसमा संलग्नता रहेको पाइएको छ ।

बिज्ञापन

उनीहरुसंग पनि अख्तियारले जनही २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स