होमपेज > राजस्व अनुसन्धान पथलैया कार्यालयमा व्यापक अनियमितता, पासवनको सेटिङमा यसरी हुन्छ भ्रष्टाचार

राजस्व अनुसन्धान पथलैया कार्यालयमा व्यापक अनियमितता, पासवनको सेटिङमा यसरी हुन्छ भ्रष्टाचार

बिज्ञापन
बिज्ञापन

राजस्व अनुसन्धान पथलैयामा असुलीका कारण त्यहाँका व्यवसायी आजित बनेका छन् । अनेकौं बहानामा रकम असुली गर्ने, व्यवसायीहरूसंग महिनावारी उठाउने, भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनहरूबाट खुलेयाम रकम असुली गर्ने जस्ता कार्यहरू भैरहेका छन् । विभिन्न संचार माध्यमहरूमा असुली धन्दाको बारेमा तथ्य सहितका समाचार प्रकाशित तथा प्रसारित भैरहेका छन् । तर रजास्व अनुसन्धान कार्यालय पथलैया, राजस्व अनुसन्धन विभाग र प्रधानमन्त्री कार्यालय कसैले पनि छानबिन र अनुसन्धान नगरेको कारण असुली झनै व्यापक भएको छ।

बिज्ञापन

पथलैया कार्यालयका एक कर्मचारीको मिलेमतोमा राजस्व छली र चुहावट हुने गरेको देखिन्छ । राजस्व अनुसन्धान विभाग पथलैया कार्यालयका कर्मचारीको बदमासीका कारण भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडीलाई सेटिङमा निर्वाध तरिकाले गन्तव्यसम्म जानलाई सहजीकरण गर्ने कार्यमा अधिकृत तीर्थराज पासवानको सेटिङ छ । स्रोतका अनुसार, राजस्व अनुसन्धान कार्यालय पथलैयामा विभिन्न ट्रान्सपोर्ट कम्पनी, क्यारिङ गर्ने व्यवसायी तथा भन्सार छलेर लुकीचोरी मालसामान ल्याउनेहरुसम्मबाट सेटिङमा प्रत्येक मालबाहक गाडीबाट पैसा लिएर छाड्ने गरेका छ्न । कर्मचारीसँगको सेटिङमा राजस्व र भन्सार तिर्नुपर्ने मालबाहक गाडीले गाडीमा भएको सामानको हुबहु राजस्व नतिरी ल्याइन्छ, जसका कारण राजस्व संकलनमा समेत कमी आएको छ । अधिकृत पासवन यसअघि विभिन्न भन्सार कार्यालयमा पनि बसेका थिए । त्यहाँ पनि उनले व्यापक अनियमितता गरेको कर्मचारीहरु बताउँछन् । भन्सारबाट उनी पथलैया कार्यालयमा सरुवा भएका थिए ।

बिज्ञापन

सापवनको बदमासीका कारण भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडीलाई सेटिङमा निर्वाध तरिकाले गन्तव्यसम्म जानलाई सहजीकरण गर्ने कार्यमा कर्मचारीकै सेटिङ रहेको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयामा विभिन्न ट्रान्सपोर्ट कम्पनी, क्यारिङ गर्ने व्यवसायी तथा भन्सार छलेर लुकीचोरी मालसामान ल्याउनेहरुसम्मबाट सेटिङमा प्रत्येक मालबाहक गाडीबाट पैसा लिएर छाड्ने गरेकोले राजस्व छली र अनियमितता बढेको बताइन्छ । त्यस्तै, हरेक मालबाहक सवारीसाधनसँग रकम उठाउने र त्यसबापत ती मालबाहक गाडीलाई बिनाचेक–जाँच र राजस्व नतिराई गन्तव्यसम्म जान दिने गरेका छन् ।

उनले अन्य कर्मचारीको समेत डर नमानी आफूखुसी मालबाहक गाडीलाई प्रवेश र लाइन दिने गरेका छन् ।पथलैयामा चेकजाँचमा कडाइ नगर्दा त्यही नाका हुँदै काठमाडौं आएका कतिपय मालबाहक सवारीसाधनलाई उपत्यका प्रवेश गर्ने नाकाहरुबाट पक्राउ गरिन्छ । उनीहरुले राजस्व नै नतिरी आएको, प्रज्ञापनपत्र र गाडीमा भएको सामान नमिल्ने गरेको भेटिनुले पथलैयामा अनियमितता भएको पुष्टि हुन्छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते