होमपेज > दराजसँगको सहकार्यमा भिभो स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफर

दराजसँगको सहकार्यमा भिभो स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफर

बिज्ञापन
बिज्ञापन

भिभोले अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालसँगको सहकार्यमा आफ्ना स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफरहरू घोषणा गरेको छ । यो विशेष अफरहरू जनवरी ५ देखि ११ जनवरीसम्म दराज नेपालमा मात्र लागू हुनेछन्।

बिज्ञापन

यस अफरमा धेरै स्मार्टफोनहरू समावेश गरिएका छन् जसमध्ये रु १३,५९९ सुरुवाती मूल्य रहेको भिभो वाई१एस (२+३२ जीवी) रु ९,९९९ मा उपलब्ध रहेको छ । त्यस्तै रु २३,९९९ सुरुवाती मूल्य रहेको भिभो वाई२०एस (४+१२८ जीवी), रु १४,९९९ मा उपलब्ध हुनेछ । रु २५,४९९ सुरुवाती मूल्य रहेको वाई२२एस (६+१२८ जीवी) अहिले एकदमै आकर्षक मूल्य रु १७,९९९ मा उपलब्ध हुनेछ । भी सिरिजकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन भिभो भी२५ई (८+१२८ जीवी) हाल रु ३१,९९९ मा उपलब्ध हुनेछ । यस स्मार्टफोनको सुरुवाती मूल्य रु ३९,९९९ रहेको थियो । त्यसैगरी, रु ५२,९९९ सुरुवाती मूल्य रहेको भिभो भी२५ फाइभजी (८+१२८ जीवी), हाल निकै सुलभ मूल्य रु ४१,९९९ मा उपलब्ध रहेको छ ।

बिज्ञापन

यसका साथै भिभोले ग्राहकहरूलाई अन्य स्मार्टफोन खरिदमा पनि विशेष अफरहरू ल्याएको छ । ग्राहकहरूले रु १५००० मूल्य भन्दा कमको स्मार्टफोन मोडेलहरूको खरिदमा बोतल प्राप्त गर्नेछन्, भने रु १५,००० देखि रु २०,००० मूल्य दायराको स्मार्टफोन खरिदमा निकै ट्रेंडी साइडब्याग प्राप्त गर्नेछन् । त्यस्तै रु २०,००० देखि र रु ३५,००० बिचको मूल्यका भिभो स्मार्टफोनहरूको खरिदमा ग्राहकहरूले उच्च गुणस्तरका ब्लुटुथ स्पिकरहरू प्राप्त गर्न सक्नेछन् भने रु ३५,००० भन्दा माथिका स्मार्टफोनहरूका लागि इमर्सिभ अडियो अनुभव सुनिश्चित गर्ने उत्कृष्ट इयरबडहरू प्राप्त गर्नेछन् । दराजले भिभोसँगको सहकार्यमा सबै मोडलहरूमा रु ५०० देखि १००० का भाउचरहरू उपलब्ध गरिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते