होमपेज > चरम निरासामा थिइन् अभिनेत्री दिपाशा: विष सेवनबाट मृत्यु, फेसबुकमा लेखेकी थिइन् यस्तो स्टाटस!

चरम निरासामा थिइन् अभिनेत्री दिपाशा: विष सेवनबाट मृत्यु, फेसबुकमा लेखेकी थिइन् यस्तो स्टाटस!

बिज्ञापन
बिज्ञापन

अभिनेत्री तथा मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छिन् । उनले बुधबार राति विष सेवन गरेकी थिइन् । उनलाई राति नै नर्भिक अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले बिहान मृत घोषित गरेको हो । उनले उडुस मार्ने औषधि खाएकी थिइन् । उनलाई सिकिस्त अवस्थामा अस्पताल पुर्‍याइएको थियो । उनलाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्‍याएका थिए ।

बिज्ञापन

निकटस्थका अनुसार उनी केही समयदेखि आर्थिक समस्यामा दिइन् । उनले मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेको बताइएको छ । दिपाशाले केही दिनयता सामाजिक सञ्जालमा निरासाजनक विचारहरु पोष्ट गर्दै आएकी थिइन् । सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ । केही समयअघि उनले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको स्रोतको भनाइ छ । उनले कलाकारिता क्षेत्रका केही व्यक्तिहरुसँग आर्थिक सहयोग समेत मागिरहेकी थिइन् ।

बिज्ञापन

दिपाशा म्यूजिक भिडिओमा पनि सक्रिय दिइन् । यस्तै उनले काठमाडौं मलमा आफ्नै ब्यूटिपार्लर समेत सञ्चालन गर्दै आएकी थिइन् । बाहिरबाट आर्थिक स्रोत राम्रै देखिए पनि उनी कसरी समस्यामा परिन् भन्ने अहिलेसम्म खुलेको छैन । स्रोतका अनुसार केही महिनाअघि उनको ब्रेकअप पनि भएको थियो । त्यसपछि उनी विक्षिप्त हुन थालेकी थिइन् ।

कलाकारिताभन्दा बाहिरका पुरुषसँग उनी प्रेममा थिइन् । दिपाशाले केही दिनदेखि सामाजिक सञ्जालमा निराशाले भरिएका पोस्टहरु गर्दै आएकी थिइन् । हिजो टिकटकमा उनले एउटा एकतर्फी प्रेमसम्बन्धी संवाद रहेको अडिओमा टिकटक बनाएर लेखेकी थिइन्, ‘बस पुग्यो अब सबै ।’
चार दिनअघि उनले फेसबुकमा यस्तो भावुक स्टाटस लेखेकी थिइन्

बिज्ञापन

जिन्दगी त हाँसेर जिउने हो
सायद कहिलेकाहीँ कल्पनाभन्दा बाहिरको
आगमनले जिन्दगी तहस नहस बनाउने रहेछ
कहिलेकाहीँ समयले मान्छेको अनेक रुप देखाउँछ
बस अब कसैप्रति बिश्वास गर्ने छैन र
बारबार टुट्ने छैन
विश्वास, माया, अनि सबन्ध सबै फ्लिम मै ठीक छ
यथार्थमा जिन्दगीमा सहन गाह्रो छ सबै

केही दिनअघि उनले लेखेको अर्को स्टाटस थियो

जीवन आफूभन्दा बढी महत्व कसैलाई नदिनु हो
यो संसारमा सबैभन्दा विश्वासिलो त
मृत्यु मात्र रहेछ जसले आजसम्म कसैलाई
धोका दिएको छैन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते