होमपेज > आजदेखि लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार सुरु

आजदेखि लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार सुरु

बिज्ञापन
बिज्ञापन

लक्ष्मी बैंक र सनराइज बैंकले आजदेखि एकीकृत कारोबार सुरु गर्न लागेका छन। यी दुवै बैंक एकआपसमा गाभिएर आजदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

बिज्ञापन

लक्ष्मी र सनराइज बैंक समान हैसियत अर्थात १ः१ स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जरमा जानका लागि गत जेठ ८ गते अन्तिम सम्झौता भएको थियो । यता, नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि असार २२ गते मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

बिज्ञापन

मर्जपछि लक्ष्मी बैंकको तर्फबाट ४ जना र सनराइजको तर्फबाट ३ जना रहनेछन् । लक्ष्मी बैंकको तर्फबाट रमण नेपाल (बैंकका हालका अध्यक्ष), डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत संचालक बन्ने भएका हुन् । यता, बच्छराज तातेड र मालचन्द दुगड संचालक रहनेछन् । यद्यपि, मर्जपछिको पहिलो साधारण सभासम्मका लागि उनीहरु संचालक रहनेछन ।

मर्जपश्चात् बन्ने नयाँ बैंकमा हालका लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयबहादुर शाह हुनेछन् । तर, सनराइज बैंकका सीईओ सुमन शर्मा भने बाहिरिने भएका छन् । स्वेच्छिक अवकास सुविधामा शर्मा बाहिरिने भएका हुन् ।

बिज्ञापन

यी दुवै बैंक एक आपसमा गाभिएपछि अर्थात लक्ष्मी सनराइजको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ हुनेछ । हाल लक्ष्मीको बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सनराइजको १० अर्ब ११ करोड रुपैयाँ बढी थियो । जगेडा कोषको आकार भने १४ अर्ब ११ करोड नाघ्नेछ । यस्तै, मर्जपछि बन्ने बैंकको निक्षेप पौने ३ खर्ब र कर्जा लगानी साढे २ खर्ब बढी हुनेछ ।

लक्ष्मी सनराइजको शाखा २८४ वटा पुग्नेछ भने बैंक कर्मचारीहरुको संख्या ३ हजार १७० पुग्नेछन् । यी दुवै बैंक एक आपसमा मर्जरमा जान गत पुस २५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते