होमपेज > बीमा कम्पनीहरुद्धारा कृषि बीमा कार्यक्रम पुनः शुरु

बीमा कम्पनीहरुद्धारा कृषि बीमा कार्यक्रम पुनः शुरु

बिज्ञापन
बिज्ञापन

नेपाल बिमक संघले कृषि बीमा कार्यक्रम पुन: शुरु गरेको छ । संघले बिज्ञप्ती जारी गर्दे सोमबारबाट नैं यसअघि रोकिएको कृषि बीमा कार्यक्रम पुन: शुरु गरेको हो । कृषि बीमा कार्यक्रम शुरु गरेको बिषयमा संघले बिज्ञप्ती मार्फत जानकारी दिंदै भनेको छ, नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमा शूल्कमा क्रमशः अनुदान दिँदै आएकोमा २०७७ सालदेखि कृषि बीमाको अनुदान करिब तीन अर्ब बाँकी रहेको थियो । बीमकहरुले अनुदान रकम पाउन बारम्बार पहल गर्दा समेत विभिन्न बहानामा अनुदान रोकिएको हुँदा बीमक संघको निर्णयमा मिति २०८०-०२-०७ गते देखि कृषि सम्बन्धी बीमालेख जारी गर्न बन्द गरिएको थियो ।

बिज्ञापन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केहि आंंशिक रकम उपलब्ध गराई मिति २०८०-०२-३० मा माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयुक्त सहभागीतामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्घता भएको र बीमालेख जारी गर्न आग्रह भएकोले यहि मिति २०८० साल अषाढ मसान्त सम्मको लागि आजैका मितिदेखि बीमालेख जारी गर्ने कार्य सुचारु गर्ने नेपाल बीमक संघले निर्णय गरेको सबै सरोकारबालाहरुलाई जानकारी गराउँदछौं, संघले भनेको छ ।

बिज्ञापन

संघले कदाचित उक्त समय भित्र अनुदान रकम प्राप्त नभएमा पुनःबीमालेख बन्द गरिने समेत अवगत जानकारी गराएको छ । तसर्थ नेपाल सरकार , कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभागहरु तथा नेपाल बीमा प्राधिकरणलाई कृषि बीमा वापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरि दिन समेत संघले आग्रह गरेको छ । संघले बिज्ञप्ती मार्फत बीमालेख जारी गर्न तथा दावी भुक्तानी गर्न स्थगन गरेबाट बीमित तथा दावीकर्ताहरुमा पर्न गएको असर प्रति क्षमा मागेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते