होमपेज > आज पनि नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले बढ्यो

आज पनि नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले बढ्यो

बिज्ञापन
बिज्ञापन

तीव्र उतारचढावबीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सात दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ ।

बिज्ञापन

नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर एक हजार नौ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ । आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार चार सय १५ मा को कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

बिज्ञापन

बैंकिङ समूह तीन दशमलव ०१, होटल तथा पर्यटन समूह चार सय ५१ दशमलव ९९, जीवन बीमा समूह सात दशमलव ६६, उत्पादन तथा प्रशोधन एक सय दुई दशमलव ९९, लघुवित्त १४ दशमलव ९४ र अन्य समूह शून्य दशमलव ६५ अङ्कले बढेको छ । परिसूचक घट्नेमा विकास बैंक १८ दशमलव ६३, वित्त १६ दशमलव २५, जलविद्युत् सात दशमलव ८८, लगानी शून्य दशमलव ०५, म्यचुअल फन्ड शून्य दशमलव ०१, निर्जीवन बीमा पाँच दशमलव ७० र व्यापार समूह तीन दशमलव ४० अंकले घटेको छ ।

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र विगुल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु स्मार्ट फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको १५ करोड २८ लाख ५८ हजार आठ सय २१ बराबरको चार लाख ४९ हजार सात सय ४९ कित्ता शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको चार लाख ४९ हजार सात सय ४९ कित्ता खरिदबिक्री भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते