होमपेज > नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ९८ करोडको कारोबार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ९८ करोडको कारोबार

बिज्ञापन
बिज्ञापन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४० मा सीमित भएको छ ।

बिज्ञापन

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७९ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलव १२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह शेयर मूल्यमा गिरावट आएको छ । बुधबार वृद्धि आज कायम हुन नसक्दा कारोबार रकममा पनि कुनै वृद्धि भएन । कूल ३२ लाख नौ हजार दुई सय १४ कित्ता शेयर रु ९८ करोड ३३ लाख ६७ हजार तीन सय ११ मूल्यमा खरिद बिक्री भएका छन् ।

बिज्ञापन

नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु पाँच करोड ७५ लाख ४३ हजार चार सय २५ बराबरको कारोबार भएको छ । कुमारी बैंकको संस्थापक शेयर रु तीन करोड ५३ लाख ८६ हजार चार सय ८०, एशियन लाइफ इन्स्योरेन्स रु तीन करोड ३३ लाख ७७ हजार पाँच सय १५,सट्याण्र्डड चार्टर्ड बैंक रु तीन करोड ३३ लाख ३८ हजार आठ सय २५ र एभरेष्ट बैंकको रु दुई करोड ९१ लाख ७६ हजार एक सय ९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, कालिञ्चोक दर्शनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मोलुङ हाइड्रोपावर नौ दशमलव ९६, सनराइज ब्ल्यूचिप फण्ड सात दशमलव शून्य छ, सनराइज फस्ट म्युचुअल फण्ड तीन दशमलव ९२ र एभरेष्ट बैंकको शेयर मूल्य तीन दशमलव ६० प्रतिशतले बढेको छ ।

बिज्ञापन

यस्तै, आर्दश लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड दोस्रोको पनि नकारात्मक सर्किट लागेको छ । सिटिजन म्युचुअल फण्ड दोस्रो नौ दशमलव शून्य तीन, समालिङ पावर कम्पनी आठ दशमलब २७ र निर्धन उत्थान लघुवित्तको शेयर मूल्य चार दशमलव १० प्रतिशतले घटेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते