होमपेज > भक्तपुर महोत्सवमा दुई करोड ५० लाखको कारोबार

भक्तपुर महोत्सवमा दुई करोड ५० लाखको कारोबार

बिज्ञापन
बिज्ञापन

भक्तपुर । प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमबारसम्म दुई करोड ५० लाख बराबरको कारोबार भएको छ ।

बिज्ञापन

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा यही चैत २३ गतेदेखि सुरु भएको उक्त महोत्सवमा दैनिक रु ५० लाखभन्दा बढीको कारोबार भइरहेको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, सवारीसाधन, खेलौनालगायतका दुई सय कक्ष छन् ।

बिज्ञापन

महोत्सवको करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । आगामी वैशाख ३ गतेसम्म चल्ने महोत्सवमा करिब रु १० करोडको कारोबार हुने आयोजकको विश्वास छ । महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले विभिन्न क्षेत्रका व्यक्तिलाई नगदसहित पुरस्कृत गरिने बताए । महोत्सवमा हरेक दिन विभिन्न साङ्गीतिक समूहको प्रस्तुति समेत रहने गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते