होमपेज > जनकपुरबाट मलंगवा जाँदै गरेको बस सर्लाहीमा दुर्घटना

जनकपुरबाट मलंगवा जाँदै गरेको बस सर्लाहीमा दुर्घटना

बिज्ञापन
बिज्ञापन

जनकपुरबाट मलंगवा जाँदै गरेको यात्रुवाहक बस सर्लाहीमा दुर्घटना भएको छ।

बिज्ञापन

शुक्रबार साँझ पौने ६ बजे सर्लाहीको ईश्वरपुर नगरपालिका-४ स्थित पूर्व–पश्चिम राजमार्गको दोस्रो लच्का नजिकै उक्त दुर्घटना भएको हो। ग१ख ९४९४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर सडकमै पल्टिँदा चालकसहित १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए।

बिज्ञापन

घाइतेहरूको लालबन्दीस्थित मोडल अस्पताल, सर्लाही लाइफलाइन हेल्थ केयर र शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचार भइरहेको उनले बताए। प्रहरीले दिएको विवरणअनुसार घाइतेहरूमा उदित साह, रामपुकार मुखिया, सुमित्रादेवी महतो, कमलाकुमारी महतो, आशिषकुमार महतो, चन्दादेवी साह, जतारन महतो, सखिया महतो, हरिशंकर साह, रेनुका गौतम, मुनिकाकुमारी शर्मा, धिरजकुमार ठाकुर, बिर्जना सिंह, मन्जुकुमारी महतो, आशिष महतो, सुसन महतो, रिता चौधरी, श्रीषा पोख्रेल र विजय यादव छन्।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते