होमपेज > त्रिभुवन विश्वविद्यालयमा एकीकृत वित्तीय प्रणाली सञ्चालनमा

त्रिभुवन विश्वविद्यालयमा एकीकृत वित्तीय प्रणाली सञ्चालनमा

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालयले चालु आर्थिक वर्षबाट लागु हुने गरी एकीकृत वित्तीय व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । यो प्रणाली त्रिवि केन्द्रीय कार्यालयबाटै अनुगमन गर्न सक्ने वेबमा आधारित आर्थिक व्यवस्थापन सफ्टवेयर हो ।

बिज्ञापन

त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले हालसम्म कुनै लेखा सफ्टवेयर नचलाएका र विभिन्न किसिमका सफ्टवेयर चलाइरहेका त्रिविमातहतका १६० वटै बजेटरी निकायमा अब एकै किसिमको सफ्टवेयर प्रयोगमा आएकाले एकरूपता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

बिज्ञापन

इरासफ्ट सोलुसन प्रा.लि. र योङ माइन्ड क्रियसनले गत कात्तिकबाट त्रिविसँग सम्झौता गरी सफ्टवेयर निर्माणको काम गरेको प्रा.लि.का प्रबन्ध निर्देशक ओम खड्काले जानकारी दिनुभयो । नौ वटा मोडलमध्ये मुख्य लेखा अन्तर्गत भौचर र तलबका दुई मोडलको काम सम्पन्न गरी सरोकारवालालाई चारदिने तालिम पनि दिइसकिएको जनाइएको छ ।

त्रिवि अन्तर्गत उपत्यकाभित्रका लेखा अधिकृतलाई चार समूहमा विभाजन गरी साउन १५ देखि १९ सम्म तालिम सञ्चालन गरिएको इरासफ्ट प्रालिका कार्यक्रम संयोजक तुलसी सिवाकोटीले जानकारी दिनुभयो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते