लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नती कोष र सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड ईक्विटी फण्डले आर्थिक वर्ष २०८१/८२ को प्रतिफल घोषणा गरिएको छ।
बिज्ञापन
योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको मिति २०८२/०४/२० गते दिउँसो ४ः०० बजे बसेको संचालक समितिको १५५औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि आषाढ मसान्तमा कायम रहेको खुद सम्पत्ति मुल्यको आधारमा लक्ष्मी उन्नती कोषको कर सहित २० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डको कर सहित १४ प्रतिशत र सनराइज फोकस्ड ईक्विटी फण्डको कर सहित १३.५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।
बिज्ञापन
आर्थिक वर्ष २०८१/८२ को आषाढ मसान्तमा लक्ष्मी उन्नती कोषको खुद सम्पत्ति मुल्य १२.४६, सनराइज फर्स्ट म्युचुअल फण्डको कोषको खुद सम्पत्ति मुल्य ११.९३ र सनराइज फोकस्ड ईक्विटी फण्डको कोषको खुद सम्पत्ति मुल्य १२.१३ रहेको कम्पनीले जानकारी दिएको छ । साथै, खुल्लामुखी योजना शुभलक्ष्मी कोषको १६५, बन्दमुखी योजनाहरु लक्ष्मी भ्यालु फण्ड–२ को १५ प्रतिशत र सनराइज ब्लुचिप फण्डको १९ प्रतिशत प्रतिफल वितरण सम्बन्धी निर्णय यस अघि नै प्रकाशित गरिसकेको छ।








