आज- १४ साउन २०८२ बुधबारको राशिफल
बिज्ञापन
मेष
बिज्ञापन
युवा वर्गहरूलाई करियरलाई लिएर नयाँ अनुबन्धहरू मिल्नेछ। मिठो बोलिको प्रयोग गर्नुहोस्। पारिवारिक सहयोगले कार्य समयमा पूरा हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मिथुन
बिज्ञापन
समयमा कार्य पुरा नहुनाले मनमा अज्ञात भय रहनेछ। सामाजिक जीवनमा मान सम्मान मिल्नेछ। झुट बोल्नाले समस्या उत्पन्न हुन सक्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
सिंह
पहिला गरेका गल्तीहरू को पछतावा हुन सक्छ। भौतिक सुख सुविधामा खर्च हुनेछ। संगीत वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
तुला
कानुनी मामलामा धैर्यताको परिचय दिनुहोस्। यात्रा गर्दा अपरिचित व्यक्तिहरूबाट सावधान रहनुहोला। पारिवारिक सम्बन्धमा सानोतिनो कुरा लिएर वादविवाद गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
धनु
अरुको स्वार्थमा जोडिनदेखि बच्नुहोस्। व्यापार व्यवसायमा जोखिम लिनदेखि बच्नुहोस्। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ
बुजुर्गहरूको मार्गदर्शनले अप्ठ्यारा कार्य सजिलै सम्पादन गर्न सकिनेछ। दिन संघर्षपूर्ण रहनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आर्थिक काममा मन्दी आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
बृष
नयाँ सम्पर्कबाट जीवनलाई लिएर नयाँ उद्देश्य मिल्नेछ। इष्टमित्रहरूको सहयोगले अप्ठ्यारा कार्य सजिलै सम्पादन हुनेछ। घर परिवारमा मांगलिक कार्यको योजनाहरू बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
नयाँ कार्य प्रारम्भ गर्दा सोच विचार गरेर गर्नुहोस्। दुविधामा निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूको सहयोग लिनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।
कन्या
महत्वाकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। उच्च अधिकारीहरूसँग सम्पर्क बढ्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।
बृश्चिक
निजि कार्य सम्पादनको लागि विशिष्ट व्यक्तिहरूसँग सहायता लिनुपर्ला। व्यापार व्यवसायमा अनुभवको कमीले नोक्सानि उठाउनु पर्ला। पारिवारिक उल्झनहरू सुल्झिनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
मकर
उधारो दिएको रकम हात पर्न सक्छ। धर्मकर्ममा मन लाग्नेछ। अवसर प्राप्त भएतापनि उपलब्धि हात लाग्नमा समय लाग्नेछ। प्रातिक्षित नतिजा राम्रो देखिएको छ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।
मीन
व्यापार व्यवसायमा सोचेजस्तो लाभ नमिल्ला। दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रेम सम्बन्धमा मजबुती आउनेछ। नयाँ कार्यको जग बसाउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ








