होमपेज > खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

बिज्ञापन
बिज्ञापन

सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–४ कुसुण्डी जाने बाटोमा प्रहरीले गोली प्रहार गर्दै एक भारतीय नागरिकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ।

बिज्ञापन

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम् ७३३८ नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गरेको थियो । तर चालक नरोकी भागेपछि प्रहरी नायब निरीक्षक रामबालक ठाकुरले टाइप–७७ पेस्तोल प्रयोग गरी एक राउण्ड गोली प्रहार गरेका थिए ।

बिज्ञापन

गोली प्रहारपछि मोटरसाइकलसहित नियन्त्रणमा लिइएका व्यक्ति भारतको मधुवनी जिल्लास्थित बिरपुर ग्राम पंचायत–९ निवासी ३८ वर्षीय श्याम सुन्दर पासवान रहेका छन्। उनको साथबाट अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागुऔषध र मोटरसाइकलसहित पासवानलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेशपुरपतार पठाइएको छ।
सिरहा प्रहरीका सूचना अधिकारी तथा डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते