सप्तरीमा करेन्ट लागेर एक दम्पतिको मृत्यु भएको छ ।
बिज्ञापन
रुपनी गाउँपालिका वडा नम्बर २ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको हो । अन्दाजी ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती अन्दाजी ४२ वर्षीया रामकुमारी खंग दुवैजनाको विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिए ।
बिज्ञापन
प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमानलाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो ।उनीहरूको दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








