होमपेज > आज तीन जिल्लामा भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध

आज तीन जिल्लामा भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध

बिज्ञापन
बिज्ञापन

पछिल्लो केही घण्टादेखि देशका विभिन्न स्थानहरूमा व्यापक वर्षा मापन भएको र अझै निरन्तर वर्षा हुने सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। बागलुङ, मकवानपुर र सर्लाही जिल्लामा बाढी तथा पहिरोको जोखिम बढेको विभागले जनाएको छ।

बिज्ञापन

विभागका अनुसार मंगलबार राति ११ः३० बजे बागलुङ जिल्लास्थित गलकोट वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्ला ६ घण्टामा भारी वर्षा मापन गरिएको छ। सो क्षेत्र हुँदै बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने खतरा रहेकोले, कमजोर र भिरालो जमिनमा पहिरोको जोखिमसमेत देखिएको विभागले जनाएको छ। स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

बिज्ञापन

यसैगरी, मकवानपुर जिल्लास्थित लालबकैया खोलाको जुरेलीबजार जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपासमा पुगेको र अझै बढ्दो क्रममा रहेको विभागले जनाएको छ। मंगलबार राति ११ः०० बजे जारी सूचना अनुसार लालबकैया खोलासहित आसपासका साना खोलाका किनार क्षेत्रहरूमा बाढीको जोखिम रहेकाले बुधबार बिहानसम्म विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

त्यस्तै, सर्लाही जिल्लाको पत्थरकोट र परवानीपुर वर्षा मापन केन्द्रमा पनि पछिल्लो एक घण्टामा मध्यम वर्षा मापन भएको छ। थप वर्षा हुने सम्भावनासहित ती क्षेत्रमा बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने खतरा रहेकाले होचा भूभागमा डुबानको सम्भावना रहेको जनाइएको छ।

बिज्ञापन

जल तथा मौसम विज्ञान विभागले ती सबै क्षेत्रका स्थानीयवासी, विशेष गरी खोलानाला आसपास तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन र आवश्यक पूर्व तयारी गर्न पुनः आग्रह गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते