लागुऔषधसहित नेपाली सेनाका एक जना जवान पक्राउ परेका छन्।
बिज्ञापन
उनीलाई बाँके प्रहरीले साढे १० ग्राम बढी लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–३ का २६ वर्षीय सन्जु आले रहेका छन्। जिल्ला प्रहरी प्रवक्ता दीपक पातलीका अनुसार उनलाई बुधबार बेलुकी ६ बजेतिर आफ्नै घरबाट पक्राउ गरेका हुन्।
बिज्ञापन
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरबाट संयुक्त रूपमा खटिएको सादा पोशाकका प्रहरीले आलेलाई पक्राउ गरेको हो। उनको घरको कोठाबाट १० ग्राम ६०० मिली ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी पातलीले बताए।
पक्राउ परेका व्यक्तिबारे अनुसन्धान जारी रहेको तथा म्याद थप गर्ने तयारी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार पक्राउ परेका आले नेपाली सेनाका जवान हुन्।
बिज्ञापन








