होमपेज > गाडीलाई ठक्कर दिएर टिपर चालक फरार भएपछि…

गाडीलाई ठक्कर दिएर टिपर चालक फरार भएपछि…

बिज्ञापन
बिज्ञापन

सुर्खेतमा टिपरले गाडीलाई ठक्कर दिँदा दुर्घटना भएको छ। उक्त दुर्घटनामा ९ जना घाइते भएका छन्।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी सुर्खेतबाट दाङ आउँदै थियो भने टिपर छिन्चुबाट सुर्खेत जाँदै थियो। दुर्घटना सोमबार बिहान साढे ७ बजे सुर्खेतको भेरीगंगा नगरपालिका-२ भेरीपुल नजिक क.प्र.०२००१ क.००३७ नम्बरको टिपरले क.प्र ०२००१ ख.०४३८ नम्बरको फोर्स गाडीलाई ठक्कर द‍िदा भएको हो।

बिज्ञापन

चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका-१२ का २९ वर्षीय कमल रजाको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा दाङको राजपुर गाउँपालिका-२ का ३२ वर्षीय भुवन चौधरी, सुर्खेतको सिम्ता गाउँपालिका-६ का ३२ वर्षीया सरिता गरङ्जा, सल्यानको सारदा नगरपालिका- १ का ५० वर्षीय हेमराज बुढाथोकी, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका- ११ का २५ वर्षीय बहादुर विश्वकर्मा लगायत छन्।

उनीहरूलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। गाडीलाई ठक्कर दिएपछि टिपरका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते