काठमाडौँको तारकेश्वर नगरपालिकामा बस दुर्घटना भएको छ।
बिज्ञापन
उक्त बस शुक्रबार दिउँसो तारकेश्वर नगरपालिका वडा नं.-३ तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक दुर्घटना भएको हो।
बिज्ञापन
काभ्रे बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्रो बस ब्रेक फेल भई दुर्घटना हुँदा माइक्रो बस सडकबाट १० मिटर तल खसेको थियो । उक्त बसमा सवार आठ जना घाइते भएका छन् ।
-घाइतेहरूको विवरण:
बिज्ञापन
जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.३८ कि सुनिता खड्का अवस्था बोल्न सक्ने बाँया खुट्टामा (सामान्य) चोट रहेको ।
जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.३८ कि सारदा रावत अवस्था बोल्न सक्ने बाँया हातको बुढी औलामा (सामान्य) चोट रहेको ।
जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.३७ कि अनिता थापा अवस्था बोल्न सक्ने बाँया खुट्टा र बाँया खुट्टामा (सामान्य) चोट रहेको ।
जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.६० कि कान्छी खड्का अवस्था बोल्न दाईने साईडको कोखा दुखेको बाहिरी चोट पटक केही नभएको ।
जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.४५ कि राम शोभा थापा अवस्था बोल्न सक्ने टाउकोमा (सामान्य) चोट रहेको ।
जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.४५ कि शान्ता खत्री अवस्था बोल्न सक्ने बाँया हातमा (सामान्य) चोट रहेको ।
जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.७० कि पार्वती काफ्ले अवस्था बोल्न सक्ने ओठ र बाँया खुट्टामा (सामान्य) चोट रहेको ।
जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.३७ कि लक्ष्मी खड्का अवस्था बोल्न सक्ने टाउकोमा (सामान्य) चोट रहेको ।
दुर्घटनामा घाइते भएका आठ जनाको मेगा ग्रिनसिटी अस्पतालमा लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुका प्रहरी बरिष्ठ नायव बिजय कुमार शाहीले बताए ।








