हेटौंडाबाट १०५ किलो लागूऔषध गाँजा सहित १ युवक पक्राउ परेका छन् ।
बिज्ञापन
पिकअप गाडी भित्र लुकाई ९ वटा पोकामा १०५ किलो ९०० ग्राम गांजा फेला पारेको प्रहरीले जनाएको छ। हेटौंडा उपमहानगरपालिका- १५ रातोमाटे स्थित चेकपोष्ट अगाडी सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त गाजा बरामद गरेको हो।
बिज्ञापन
हेटौडाबाट कलैयातर्फ जादै गरेको बा प्र ०१–०३० च १०४६ नंबरको पिकअप गाडीलाई रोकी चालक दोलखा जिरी नगरपालिका वडा नम्बर–१ बस्ने ३२ वर्षिय अम्मर बहादुर तामाङलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
प्रहरीले उक्त गांजा तथा पिकअप गाडी समेतलाई बरामद गरी तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।








