होमपेज > इमामीद्वारा नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियानको अनावरण

इमामीद्वारा नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियानको अनावरण

बिज्ञापन
बिज्ञापन

इमामी लिमिटेडले नेपालमा ‘नवरत्न बिट मसाज २०२५’ अभियान शुरू गरेको छ । ७० दिने यस अभियानले उपभोक्तालाई प्रत्यक्ष संलग्न गराएर २ मिनेटमै टाउको दुखेको, शरीर दुखेको र तनावबाट शीतलताको राहत दिने बताइएको छ ।

बिज्ञापन

बिज्ञापन

भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान ‘नवरत्न बिट मसाज २०२५’ को शुभारम्भ गरेको हो । अभियान आइतबार ९जेठ ११० देखि सुरू भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

बिज्ञापन

यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरू ओगट्ने छ। यस अभियान अन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुन र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २ मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ। यसबाट हजारौं उपभोक्ताहरूले दैनिक रूपमा नौ आयुर्वेदिक जडिबुटीहरूको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदाहरू अनुभव गर्न सक्नेछन् ।

अभियानमा खटिएका दुई टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्नेछन् । उनीहरूले अन्तरक्रियात्मक स्टल, सवारी साधनको ब्रान्डिङ, सार्वजनिक घोषणा र २ मिनेट च्यालेन्ज, कूल कूल पर्फमेन्स जस्ता विभिन्न खेलमार्फत उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन्। यस अभियानले प्रत्यक्ष संलग्नतामार्फत ६० हजार भन्दा बढी उपभोक्तासम्म पुग्ने अपेक्षा गरिएको छ, जसमा १२ हजार भन्दा बढी वेट स्याम्पलिङ (मसाज) र ३० हजार भन्दा बढी ड्राई स्याम्पलिङ (स्यासे वितरण) समावेश छन्।

नवरत्न तेलका ब्रान्ड म्यानेजर विकास तिवारीले अभियानबारे भने, ‘नवरत्न बिट मसाज २०२५ मार्फत उपभोक्तालाई राहत र ताजगी केवल दुई मिनेट टाढा छ भन्ने कुरा स्मरण गराउन चाहन्छौं । यो अभियानले ब्रान्डलाई हाम्रा प्रयोगकर्ताहरूसँग नजिक ल्याउनेछ , जसले गर्दा उनीहरूले नवरत्न तेलले प्रदान गर्ने प्राकृतिक र प्रभावकारी शीतलतालाई साँच्चिकै महसुस गर्न सक्नेछन् ।’

उनले उपभोक्ताको प्रत्यक्ष अनुभवले नवरत्न तेललाई हरेक नेपाली घरपरिवारमा एक विश्वसनीय वेल्नेस सहयात्रीको रूपमा अझ स्थापित गर्ने विश्वास व्यक्त गरे । ‘बढ्दो तनाव र थकानलाई मध्यनजर गर्दै, नवरत्न तेलको सन्देश एकदमै सरल र प्रभावकारी छ( कूल कूल नवरत्न, जुनसुकै बेला, जहाँपनि’, उनले भने ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते