होमपेज > भिभो भी ५० लाइट चाँडै नेपाली बजारमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

भिभो भी ५० लाइट चाँडै नेपाली बजारमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

बिज्ञापन
बिज्ञापन

नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ५० लाईट छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

बिज्ञापन

यसमा समेटिएको बहुप्रयोगीविशेषता, शक्तिशालीप्रदर्शन र प्रिमियम डिजाइनले यो स्मार्टफोनलाई प्रतिस्पर्धात्मक बजारमा अलग पहिचान दिन सक्ने संकेत गरेको छ । भिभो भी ५० लाईटमा ६५०० एमएएचको ब्लु वल्ट ब्याट्रीे हुनेछ जसले ९० वाट फ्ल्यास चार्ज सपोर्ट गर्नेछ । यस्तो ब्याट्रीले एकै चार्जमा दिनभर साथ दिनेछ र पावर बैंकको झन्झटबाट छुटकारा दिलाउनेछ । शक्तिशाली ब्याट्रीको बाबजुद यो फोनसिर्फ ७.७९ एमएमको अल्ट्रा–स्लिम प्रोफाइलमा आउने अनुमान गरिएको छ, जसले डिजाइन र शक्तिबीचको सन्तुलन कायम राख्नेछ ।

बिज्ञापन

परफर्मेन्सको कुरा गर्दा भिभो भी ५० लाईट मा मीडियाटेक डीमेन्सिटी ६३०० वा स्नापड्रागन ६८५ चिपसेट रहनेछ, जस्ले गेमिङगर्दा होस्वा मल्टिटास्किङ सहज अनुभव प्रदान गर्नेछ । साथै, यसमा कम्प्रेहेन्सिवकुशनिङ्ग डिजाइन, एस जि एस ५ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन जस्ता टिकाउपन र सुरक्षा सुनिश्चित गर्ने विशेषता समावेश गरिएको चर्चा छ, जस्ले यसको दिगोपन र सुरक्षालाई थप बलियो बनाउनेछ ।

डिजाइन पक्षमा भिभो भी ५० लाईट ७.७९ एमएमको अल्ट्रा–स्लिम प्रोफाइलमा आउनेछ, जसमा १२० हर्ज अल्ट्रा भिजनपि–ओलेड पञ्च–होल डिस्प्ले, अल्ट्रा–न्यारो बेजल्स र फ्ल्यागशिप लेभल फिनिश हुनेछ । एस जि एस लो ब्लू लाईट सर्टिफिकेसनले आँखाको सुरक्षा सुनिश्चित गर्नेछ भने १८००–निट्सको पिक ब्राइटनेसले बाह्य उज्यालोमा पनि प्रस्ट दृश्य देखिनेछ ।

बिज्ञापन

क्यामेरा पक्षमा भिभो भी ५० लाईटमा ५० एम पी सोनीआई एमएस् ८८२ मुख्य क्यामेरा दिइने चर्चा छ, जसको औरा लाईट पोर्टेट सुविधाले कमउज्यालोमा पनि उत्कृष्ट तस्वीर खिच्न सकिनेछ । ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई ईमेज स्टुडियोमा रहेको एआई ईरेज र एआई फोटो ईनह्यान्स जस्ता स्मार्ट टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउनेछन् ।

भिभो भी ५० लाईटका यी सबै विशेषताहरूले नेपाली स्मार्टफोन प्रयोगकर्ताहरूमा उत्साह थपेको छ । यो फोनले शैली, शक्तिर स्मार्ट प्रविधिको त्रिवेणीको रूपमा नेपाली बजारमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते