धुलिखेल नगरपालिकामा पर्ने बनेपा पनौती सडकखण्डको खड्पुमा एक घरभित्रै टिपर छिरेको छ ।
बिज्ञापन
धुलिखेल नगरपालिका -५ खड्पुचोकस्थित बनेपा पनौती सडकखण्डमा रहेको प्रदिप श्रेष्ठको घरको सटरमा टिपर छिरेको हो। मंगलबार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख २४१७ नम्बरको टिपर घरभित्र छिरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।
बिज्ञापन
डिएसपी घलेका अनुसार टिपर चालक २४ वर्षीय अविषेक तामाङलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।








