भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो युद्धको प्रभाव नेपालका सीमावर्ती क्षेत्रहरूमा समेत प्रत्यक्ष देखिन थालेको छ ।
बिज्ञापन
भारतसँग जोडिएको कैलालीको गौरीफन्टा नाकाको चेकजाँचमा कडाइ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको टोलीले गौरीफन्टामा आवतजावत गर्ने सबै नागरिकहरूमाथि कडाइका साथ निगरानी थालेको छ ।
बिज्ञापन
सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले भारत जान चाहने नेपाली नागरिकले अनिवार्य रूपमा नागरिकताको प्रमाणपत्र तथा भारतीय आधार कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने बताए ।
बिज्ञापन








