चैत्र १५ गते काठमाडौँको तिनकुने घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् ।
बिज्ञापन
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेको आरोपमा सेनाका पुर्व हवल्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ घर भएर मनमैजु बस्ने मन बहादुर कालामगर छन् । उनी सेनाका पुर्व हवल्दार हुन् । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आयोजना गरेको प्रदर्शनमा सहभागी कालामगरले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सवार गाडी जलाएका थिए ।
बिज्ञापन
बालकुमारी पुल नजिकै उनले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए । गाडीमा आगजनी गर्नुअघि उनले तीनकुनेमा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथी आक्रमण र दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।








