दार्चुलाको लेकम गाउँपालिका-४ गोदालीमा मोटरसाइकल दुर्घटनामा परी लेकम गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव राज ओझाको निधन भएको छ।
बिज्ञापन
लेकम गाउँपालिकाकै वडा नम्बर ५ चौपातामा शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्यूँमा लागेर गम्भीर घाइते भएका अधिकृत ओझाको मृत्यु भएको हो।
बिज्ञापन
उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताए। अधिकृत ओझाको निधनले लेकमको शिक्षा क्षेत्रमै क्षति पुगेको उनको भनाइ छ।








