होमपेज > निजी क्षेत्रको मनोवल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन: अर्थमन्त्री पौडेल

निजी क्षेत्रको मनोवल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन: अर्थमन्त्री पौडेल

बिज्ञापन
बिज्ञापन

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारले निजी क्षेत्रको मनोवल बढाउने गरी काम गरिरहेको बताएका छन् । शनिबार सिंहदरबारमा भएको पूर्व बजेट छलफलमा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई वेवास्था गर्यो भन्नु गलत भएको भन्दै निजी क्षेत्रको मनोवल बढाउनको लागि काम गरेको बताएका हुन् ।

बिज्ञापन

उनले भने, ‘निजी क्षेत्रको आत्मवल बढाउन सरकार सम्पूर्णरुपमा केन्द्रित छ । सरकारलाई राम्रोसँग हेक्का छ । निजी क्षेत्र जसको अर्थतन्त्रमा ८० प्रतिशत होल्डर रहेको निजी क्षेत्रको मनोवल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन भन्ने ज्ञान सरकारसँग छ ।’ उनले निजी क्षेत्रका मुद्धा सम्बोधन गर्नका लागि नै अध्यादेश मार्फत कानून आएको बताए ।

बिज्ञापन

‘हामीले निजी क्षेत्रसँग अत्यन्त, जीवन्त घनिष्ट सहकार्य गरेका छौ दशकदेखि नउठेको मुद्धाहरुलाई सम्बोधन गर्न अध्यादेश मार्फत कानून भइसकेको छ । त्यसको स्रोत निजी क्षेत्र हो । निजी क्षेत्रलाई सरकारले वेवास्था गर्यो भन्ने कुराकाृे कुनै अर्थ छैन,’ उनले भने ।

मन्त्री पौडेलले नेपालमा समाजवाद नभएको र त्यसको लागि सबैभन्दा पहिला देश आर्थिकरुपमा सम्बृद्धि हुनुपर्ने बताए । ‘नेपालमा समाजवाद छैन । आजै आउदैन पनि त्यो समाजवाद धेरै टाढा छ । नेपाली समाजवादमा सबैभन्दा पहिला देश आर्थिकरुपमा सम्बृद्धि हुनुपर्यो । त्यसका आम नागरिकको समान पहुँच हुनुपर्छ । सबै प्रकारको विभेद अन्त्य हुनुपर्छ,’ उनले भने ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते