इण्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्समाथि सानदार जित निकाल्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ।
बिज्ञापन
गएराति सवाइ मानसिंह स्टेडियम जयपुरमा राजस्थानलाई एक सय रनले पराजित गर्दै मुम्बई आइपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो। २१८ रनको लक्ष्य दिएर बलिङ गरेको मुम्बईले १६.१ ओभरमा राजस्थानलाई अल आउट गर्यो। राजस्थानले ११७ रनमात्रै जोडेको थियो।
बिज्ञापन
त्यसक्रममा मुम्बईका ट्रेन्ट बोल्ट र कर्ण शर्माले तीनरतीन विकेट लिए। जसप्रित बुमराहले २ तथा दिपक चाहर र हार्दिक पाण्ड्याले १/१ विकेट लिए। राजस्थानका लागि जोफ्रा आर्चरले बनाएको ३० रन सर्वाधिक रह्यो। कप्तान रियान पराग १६, शुभम दुबे १५, यशश्वी जैसवाल १३ र ध्रुव जुरेलले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पहिले ब्याटिङ गरेको मुम्बईले २ विकेटमात्रै गुमाएर २१७ रन जोडेको थियो। मुम्बईका लागि सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्याले नट आउट ४८/४८ रन बनाए। यादवले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे भने पाण्ड्याले २३ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। त्यसअघि ओपनर र्यान रिकेल्टनले ३८ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ६१ रन जोडेका थिए।
बिज्ञापन
अर्का ओपनर रोहित शर्माले ३६ बलमा ९ चौका प्रहार गरी ५३ रनको योगदान गरे। राजस्थानका महिश थिकशाना र रियान परागले एकरएक विकेट लिए। शीर्ष स्थानमा उक्लिएको मुम्बईको १४ अंक छ। राजस्थान ६ अंकक साथ आठौं स्थानमा छ।








