उदयपुरमा स्कार्पियो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बिज्ञापन
चितवनबाट झापातर्फ जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कार्पियो गाडी उदयपुरको कटारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार आज दिउँसो झन्डै साढे ४ बजेतिर मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं ६ सोमबारेमा स्कर्पियो दुर्घटना भएको हो।
बिज्ञापन
आफैँ अनियन्त्रित भएको स्कारपियो सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर खाई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कारपियोमा सवार झापाको दमक नगरपालिका वडा नं। ३ बस्ने बर्ष ५५ को माधब बस्नेतको ज्यान गएको छ। उनको प्रादेशिक अस्पताल कटारी उपचारको क्रममा मृत्यु भएको हो।
घाइतेहरूमा सवारी चालक दमक नगरपालिका वडा नं ९ बस्ने वर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका १० बस्ने वर्ष ४९ को राजेन्द्र प्रसाद भण्डारी, दमक १ बस्ने वर्ष ४५ को ज्ञानेन्द्र गौतम, दमक नगरपालिका ६ बस्ने वर्ष ५४ को कमल श्रेष्ठ, दमक २ बस्ने वर्ष ३८ को नबिन खतिवडा र गौरादह नगरपालिका १ बस्ने वर्ष ५४ को भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिए।








